Kathmandu Press

कसरी हुन्छ अमेरिकी राष्ट्रपतिको निर्वाचन ?

काठमाडौं, भदौ ५ : विश्वले युद्ध, महामारी र जलवायु परिवर्तन जस्ता अन्तर्राष्ट्रिय  संकटबाट कसरी मुक्ति पाउँछ, यसमा अमेरिकी राष्ट्रपतिको ठूलो भूमिक....

कसरी हुन्छ अमेरिकी राष्ट्रपतिको निर्वाचन ?

काठमाडौं, भदौ ५ : विश्वले युद्ध, महामारी र जलवायु परिवर्तन जस्ता अन्तर्राष्ट्रिय  संकटबाट कसरी मुक्ति पाउँछ, यसमा अमेरिकी राष्ट्रपतिको ठूलो भूमिका हुन्छ। त्यसैले जब हरेक चार बर्षपछि अमेरिकामा राष्ट्रपतिको चुनाव आउँछ, तब विश्वभरको नजर खिचिन्छ। तर धेरैलाई अमेरिकी चुनावको प्रक्रियाका बारेमा थाहा नहुन पनि सक्छ। त्यसैले यदि अमेरिकी चुनावलाई बुझ्ने इच्छा छ भने अमेरिकी चुनावसँग जोडिएका यी जानकारी तपाईलाई सहयोगी हुने छन्। 

चुनाव कहिले छ, को छन् उम्मेद्वार ? 
 
अमेरिकी राष्ट्रपतिको चुनाव सधै  नोभेम्बरको पहिलो सोमबारपछि आउने पहिलो मंगलबार  हुन्छ। यो पटक तीन नोभेम्बरमा चुनाव हुनेछ। अमेरिकाको राजनीतिक व्यवस्थामा मुख्य दुई पार्टीको दबदबा छ। त्यसैले राष्ट्रपति यीनै दुई पार्टी मध्ये एकबाट हुनेछन् ।

अमेरिकाको रिपब्लिकन पार्टी एक पुरातनपन्थी राजनीतिक दल हो। यो पार्टीबाट यो पटक राष्ट्रपति डोनाल्ड ट्रप्म उम्मेदवार छन्। उनी आगमी चार वर्ष पुन: राष्ट्रपति बन्ने कोसिसमा लागेका छन्। रिपब्लिकन पार्टीलाई सबैभन्दा पुरानो पार्टीका रुपमा लिइन्छ। हालैका वर्षमा कम ट्याक्स, बन्दुक राख्ने अधिकार र प्रवासी माथि कडा प्रतिबन्ध लगायतका कारण चर्चित छ। अमेरिकाका अधिकांश ग्रामिण क्षेत्रमा रिपब्लिकन पार्टीको मजबूत आधार छ । पूर्व राष्ट्रपति जर्ज डब्लू बुस, रोनाल्ड रिगन र रिचर्ड निक्सन रिपब्लिकन पार्टीबाटै निर्वाचित भएका थिए।  

अमेरिकाको  दोस्रो प्रमुख पार्टी डेमोक्रेट्स एक लिवरल पार्टी हो। यो चुनावमा डेमोक्रेट्सबाट जो बाइडन यसपल्ट राष्ट्रपतिका उम्मेदवार छन्। उनी एक अनुभवी नेता हुन्। बराक ओबामा राष्ट्रपति हुँदा उनी आठ बर्ष उपराष्ट्रपति थिए। 

यी दुवै उम्मेद्वार आफ्नो उमेरको सातौं दशक पुरा गरिसकेका छन्। डोनाल्ड ट्रम्प ७४ बर्ष पुगेका छन् भने बाइडन ७८ बर्षका हुन्। यदि  उनी राष्ट्रपति बने भने पहिलो टर्ममा राष्ट्रपति बन्ने सबैभन्दा बढी उमेरका व्यक्ति हुनेछन्।

विजेताको फैसला कसरी हुन्छ ? 

अमेरिकी राष्ट्रपतिको चुनावमा जित त्यो उम्मेद्वारको हुँदैन, जसले राष्ट्रियस्तरमा सबैभन्दा धेरै भोट प्राप्त गरेको छ। जस्तै की हामीले सन् २०१६ मा हिलारी क्लिन्टनको  मामलामा देख्यौं। उनले देशभरबाट सबैभन्दा धेरै भोट प्राप्त भएको थियो र उनी हारिन्। 

उम्मेद्वारले इलेक्टोरल कलेज भोटमा जित्नु पर्छ। हरेक राज्यमा एक निश्चित संख्यामा इलेक्टोरल कलेजको भोट हुन्छ। यो राज्यको जनसंख्यामा निर्भर हुन्छ। कुल ४३८ भोट हुन्छ। जसमा २७० वा त्यो भन्दा धेरै भोट विजेता हुन ल्याउनु पर्छ। यसको मतलब यदी कसैले कुनै मन पर्ने उम्मेदवारलाई भोट दिन चाह्यो भने उसले राज्यस्तरमा भइरहेको प्रतिस्पर्धामा भोट दिनु पर्छ। अधिकांश राज्य कुनै एक पार्टी तर्फ ज्यादा झुकाव राख्छन्। यसको मतलब यो हुन्छ की उम्मेदवारले ती राज्यमा धेरै ध्यान दिन्छन्, जहाँ जित्ने सम्भावना हुन्छ। यस्ता राज्यलाई ब्याटल ग्राउन्ड स्टेट भनिन्छ।

कसले भोट दिन सक्छ, कसरी दिइन्छ भोट ? 

यदी तपाई अमेरिकी नागरिक हो र १८ बर्ष वा त्यो भन्दा धेरै उमेरको हुनुहुन्छ भने तपाईले अमेरिकी राष्ट्रपतिको चुनावमा भोट दिन सक्नुहुन्छ। यद्यपी केही राज्यले यस्तो कानून बनाएका छन् की मतदाताले भोट भन्दा पहिले पहिचान सम्बन्धी दस्तावेज देखाउनुपर्ने हुन्छ।

रिपब्लिकन पार्टीले यस कानूनलाई समर्थन गरेको छ। किनकी मतदानमा धाँधली रोक्नका लागि यो कानून जरुरी रहेको उसको मान्यता छ। तर डमोक्रेट्स पार्टीले भने यो कानूनको दुरुपयोग गरेर गरिब र अल्पसंख्यक मतदातालाई दबाइने गरेको आरोप लगाउने गरेको छ। जसले ड्राइभिङ लाइसेन्स र परिचय पत्र देखाउन नसक्नेहरुलाई यो कानूनले उपेक्षा गरेको उसको तर्क छ।

अलग-अलग राज्यमा कैदीको मतदान गर्ने अधिकारलाई लिएर फरक-फरक नियम छन्। धेरैजस्तो मामलामा दोषी हुने वित्तिकै मतदानको अधिकार गुमाउने गर्छन्। तर सजाय भुक्तान भइसकेपछि फेरी उनीहरुलाई मतदानको अधिकार दिइन्छ। धेरै जसो मानिस चुनावका दिन मतदान केन्द्रमा भोट दिन्छन्। यद्यपी पछिल्ला केही वर्षमा वैकल्पिक व्यवस्था समेत सुरु भएको छ। 

सन् २०१६ मा २१ प्रतिशत मतदाताले पोस्टका माध्यमबाट भोट हालेको थिए। यो पटक मानिसलाई मतदान केन्द्रमा गएर मतदान  गर्न कति सम्भव छ भनेर बहस भइरहेको छ।  कोरोना भाइरसको महामारीका कारण यस्तो बहस सुरु भएको हो। केही नेता धेरैभन्दा धेरै डाकबाट मतदान गराउनुपर्ने बताइरहेका छन्। तर राष्ट्रपति ट्रम्पले यस्तो व्यवस्थाले मतदानमा धेरै धाँधली हुन सक्ने बताइरहेका छन्।

के यो चुनाव केवल राष्ट्रपति चुन्नका लागि मात्रै हो ?

होइन, सबैको ध्यान भलै ट्रम्प भर्सेस बाइडनकी लडाईमा छ। तर मतदाताले यस चुनावमा संसदका नयाँ सदस्यका लागि समेत मतदान गर्नेछन्। डेमोक्रेट्स पहिले देखि नै कंग्रेसमा बहुमत छ। त्यसैले उसले यसलाई कायम राख्न चाहेको छ। साथै सिनेटमा समेत बहुमत ल्याउने कोशिस गर्नेछ। यदी दुवै सदनमा उसले बहुमत ल्याएको खण्डमा ट्रम्प दोस्रो पटक निर्वाचित भएपनि उनका योजना लागू नहुने स्थिती आउनेछ। यो बर्ष सदनका सबै ४३५ सिटमा चुनाव हुनेछ। जबकी ३३ सिनेटका लिग समेत चुनाव हुनेछ।

नतिजा कहिले आउँछ ? 

नतिजा आउन केही दिन लाग्न सक्छ। किनकी हरेक एक भोट गन्नुपर्ने हुन्छ। तर सुरुवाती केही घण्टामै रुझान पत्ता लाग्ने छ की कसले जित्दैछ। सन् २०१६ मा डोनाल्ड ट्रम्पले विहान तीन बजे नै न्युयोर्कमा आफ्नो विजयी भाषण गरेका थिए। तर यो बर्ष भने डाक ब्यालेटमा वृद्धी हुने भएकाले मतगणनामा केही दिन वा केही साता समेत लाग्न सक्नेछ।

विजेताले कहिले कार्यभार सम्हाल्नेछन् ? 

यदी बाइडनले जिते भने तत्काल ट्रम्पलाई हटाएर उनको स्थान लिन पाउँदैनन्। किनकी क्याविनेट मन्त्री चुन्ने र योजना बनाउनका लागि एक निश्चित समय निर्धारण हुनेछ। नयाँ राष्ट्रपतिले आधिकारिक रुपमा २० जनवरीमा सपथ ग्रहण गर्नेछन्। सपथग्रहण समारोह वाशिङटन डिसीको क्यापिटल विल्डिङको सिढीमा हुनेछ। समारोहपछि नयाँ राष्ट्रपतिले चार बर्षसम्म आफ्नो दायित्व निभाउन ह्वाइट हाउस जानेछन्। - बीबीसी हिन्दीबाट 

प्रकाशित मिति: ०८:११ बजे, शुक्रबार, भदौ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्