Kathmandu Press

सामाजिक दुरीलाई कायम राख्दै तीज मनाऔं : देउवा 

काठमाडौं, भदौ ५ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिल....

सामाजिक दुरीलाई कायम राख्दै तीज मनाऔं : देउवा 

काठमाडौं, भदौ ५ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व रहेको बताएका छन् ।

हरितालिका तीज पर्वको अवसरमा शुभकामना दिदैं सबै खाले पर्वमा आपसी प्रेम, सद्भाव, विश्वास र भाईचारा व्यक्त गर्ने हाम्रो परम्पराले हाम्रो समाजलाई एक साझा फुलवारीका रुपमा प्रतिविम्वित गर्दै आएको जनाएका हुन् ।

देश अहिले कोरोना भाइरस (कोभिड—१९) को महामारीबाट आक्रान्त रहेकाले यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दुरीलाई कायम राख्दै तीज मनाउन आग्रह समेत गरेका छन् ।

तीजले देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै शुभकामना  व्यक्त गरेका छन् । 

प्रकाशित मिति: ०७:४१ बजे, शुक्रबार, भदौ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्