Kathmandu Press

कोरोना संक्रमणबाट बारामा थप एक जनाको मृत्यु

कलैया, भदौ ४ :  बारामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट कलैया उपमहानगरपालिका–१० का ५९ वर्षी....

कोरोना संक्रमणबाट बारामा थप एक जनाको मृत्यु
फाइल

कलैया, भदौ ४ :  बारामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट कलैया उपमहानगरपालिका–१० का ५९ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले जानकारी दिए। 

श्वास प्रश्वासमा समस्या भएपछि ती पुरुषलाई उपचारका लागि बुधबार राति वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो। तर, उनको अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको थियो।

मृत्युपछि स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो। बिहीबार आएको रिपोर्ट अनुसार ती पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो।
 

प्रकाशित मिति: १९:३८ बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्