Kathmandu Press

कञ्चनपुरमा भदाै १४ सम्मका लागि निषेधाज्ञा 

महेन्द्रनगर, भदाै ४ : कञ्चनपुरमा भदाै १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन....

कञ्चनपुरमा भदाै १४ सम्मका लागि निषेधाज्ञा 
फाइल

महेन्द्रनगर, भदाै ४ : कञ्चनपुरमा भदाै १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले तीज र गौरा पर्वमा यहाँ भीडभाड हुनसक्ने भएकाले आगामी भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए।

“बजार पनि बेलुकी छिट्टै बन्द गर्न, सरकारी कार्यालयमा भीडभाड कम गर्न र यातायात सञ्चालनमा कडाइ गर्न निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हौँ”, प्रजिअ खतिवडाले भने, “सङ्क्रामक रोग र स्थानीय प्रशासन ऐनअनुसार यो निर्णय लिइएको हो।”

उनले निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने बताए। 

प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्