Kathmandu Press

भारतसँग सीमाबाहेकका अन्य मतभेदत समेत छन् : राजदूत आचार्य

काठमाडौं, भदौ ४ :  भारतका लागि नेपाली राजदूत डा. निलाम्बर आचार्यले नेपाल भारतबीच मतभेद रहेका सबै विषय समाधान हुनुपर्ने बताएका छन्। 

<....
भारतसँग सीमाबाहेकका अन्य मतभेदत समेत छन् : राजदूत आचार्य
फाइल

काठमाडौं, भदौ ४ :  भारतका लागि नेपाली राजदूत डा. निलाम्बर आचार्यले नेपाल भारतबीच मतभेद रहेका सबै विषय समाधान हुनुपर्ने बताएका छन्। 

सीमामात्रै बहस केन्द्रित भएको भन्दै उनले अन्य विषयमा समेत विवाद रहेकाले विवादित विषय समाधानका लागि उच्चस्तरीय राजनीतिक छलफल छिट्टै हुनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग फोन संवादमार्फत यसका लागि आग्रह गरिसकेको भन्दै उनले दुई देशका प्रधानमन्त्रीबीचको छलफल र संवादले निरन्तरता पाउनुपर्ने उल्लेख गरे।

'दुई देशका प्रधानमन्त्रीबीच छलफल हुन सम्बन्ध सुदृढीकरणका लागि निकै सकारात्मक कदम हो। यसले निरन्तरता पाउनुपर्छ,' उनले द प्रिन्टसँगको कुराकानीमा भनेका छन्। 

गत अगष्ट १५ गते भारतीय स्वतन्त्रता दिवसका दिन प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग १० मिनेट फोन संवाद गरेका थिए। भारतले अतिक्रमण गरेको लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशका प्रधानमन्त्रीबीच संवाद हुन सकेको थिएन। 

दुई देशका प्रधानमन्त्रीबीचको संवादले नेपाल-भारतबीच विगत ९ महिनादेखिको संवादहिनताको अवस्था अन्त्य गरेको थियो। 'उच्च राजनतीतिक तहमा संवादहिनताको अवस्था अन्त्य भएको छ। अब निरन्तर वार्ता र संवादलाई निरन्तरता दिने हो भने दुई देशबीच कुनै पनि मतभेद हुने छैन,' राजदूत आचार्यले भने।

यस्तै, राजदूत आचार्यले नेपाल र भारतबीचको सहकार्यमा सञ्चालित परियोजनामा भइरहेका ढिलाइ पनि अन्त्य हुनु पर्ने बताएका छन्। 'सीमासँगसँगै संयुक्त परियोजनाका विवाद पनि अब समाधान उन्मुख बनाउनुपर्छ,' उनले भने।

नेपाल र भारतबीचको परियोजनामा काम गर्ने संयुक्त संयन्त्रको बैठक गत सोमबार बसेको थियो। पराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच परियोजनाबारे छलफल भएको हो। त्यस छलफलमा नेपालले पञ्चेश्वर लगायत अलपत्र परियोजनाका कामलाई तीव्रता दिन भारतको ध्यानाकर्षण गराएको थियो। 
 

प्रकाशित मिति: १७:५६ बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्