Kathmandu Press

विप्लव समूहका दुई नेता पक्राउ

सप्तरी, भदौ ४ : प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ। भुजेलसँगै अर्का....

विप्लव समूहका दुई नेता पक्राउ

सप्तरी, भदौ ४ : प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ। भुजेलसँगै अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा उनीहरू विरुद्ध मुद्दा चलाएको छ। अन्तरिम व्यवस्थापिकामा विधायकसमेत रहेकी चन्द समूहका पूर्वपोलिटब्यूरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मंगलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो। 

नेपाल सरकारले विप्लव समूहको नेकपामाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ।

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, भदौ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्