कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित ६ जनाको मृत्यु
काठमाडौं, भदौ ४ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ....

काठमाडौं, भदौ ४ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट पर्सामा एक महिलासहित तीन जना, काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक–एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ। नेपालमा बिहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ। संक्रमितमध्ये १७ हजार ९६४ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै २५९ जना कोरोनालाई जितेर घर फर्किएका छन्।











