Kathmandu Press

काठमाडौंको माछापोखरीबाट दुईथान पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं, भदौ ४ : प्रहरीले माछापोखरीबाट दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने १० राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध मह....

काठमाडौंको माछापोखरीबाट दुईथान पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं, भदौ ४ : प्रहरीले माछापोखरीबाट दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने १० राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले मेड इन युएसए लेखेको दुई थान पेस्तोल, दुई थान म्यागेजिन र १० राउण्ड गोलीसहित बुधबार नुवाकोेटका २७ वर्षीय विकेश पण्डितलाई पक्राउ गरेको हो।

हातहतियारसहित पक्राउ परेका पण्डितलाई हातहतियार ओसार्न लगाउने नुवाकोटबाट २८ वर्षीय अमर तामाङलाई समेत आज नुवाकोटबाट पक्राउ गरिएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले जानकारी दिए। उनले भने, ‘वरामद भएको हतियार धनुषाका ३५ वर्षीय शम्भु कार्कीको भएको र कार्की र तामाङ सँगै कारागार बस्दा चिनजान भएपछि कार्कीले तामाङलाई हतियार लैजान भनेकाले माछापोखरीमा रहेको हतियार नुवाकोट लैजाने क्रममा पण्डितलाई पक्राउ गरेका हौँ।’

कार्की कारागार रहेको बेला उक्त हतियार धादिङका २८ वर्षीय राजकुमार गुरुङले राख्न दिएकोमा राजकुमारले बालाजुको एक होटल साहुलाई राख्न दिएको अनुसन्धानमा खुलेको छ। पक्राउ परेका तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेका व्यक्ति भएको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्