Kathmandu Press

सुदूरपश्चिममा थप ४७ जनामा कोरोना संक्रमण

डडेल्धुरा, भदौ ४ : सुदूरपश्चिमका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बिहीबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका....

सुदूरपश्चिममा थप ४७ जनामा कोरोना संक्रमण

डडेल्धुरा, भदौ ४ : सुदूरपश्चिमका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बिहीबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका विभिन्न जिल्लाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गत २४ घन्टामा तीन सय ७० जनाको कोरोना परीक्षण गरिएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरीप्रशाद भुषालले बताए।

उनका अनुसार संक्रमण देखिएका अछामका ३०, डोटीका १६ र डडेल्धुराका एक जना रहेका छन् । अछामको मेल्लेख गाउँपालिका र साँफेवगर नगरपालिकाका १५÷१५ जना छन्।

त्यस्तै, डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा संक्रमण देखिएको प्रयोगशाला इन्चार्ज भुषालले बताए।

पछिल्लो समयमा सुदूरपश्चिममा पनि संक्रमण बढ्दै गएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या पाँच हजार एक सय ३३ पुगेको प्रदेश समाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १४:२५ बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्