Kathmandu Press

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पुनः स्थगित

भक्तपुर, भदौ ४ : नेपाल मेडिकल काउन्सिलले लाइसेन्स परीक्षा पुनः स्थगित गरेको छ।

काउन्सिलले विज्ञप्ति जारी गरि भदौ ७ गतेदेखि हुने भनिएको लाइसे....

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पुनः स्थगित

भक्तपुर, भदौ ४ : नेपाल मेडिकल काउन्सिलले लाइसेन्स परीक्षा पुनः स्थगित गरेको छ।

काउन्सिलले विज्ञप्ति जारी गरि भदौ ७ गतेदेखि हुने भनिएको लाइसेन्स परीक्षा स्थगित गरेको जनाएको छ। कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा लकडाउन तथा निषेधाज्ञा जारी गरेको अवस्थामा परीक्षा संचालन गर्न नसकिने भएकाले स्थगित गरिएको जनाएको छ।

यसअघि गत चैतमा तोकिएको लाइसेन्स परीक्षा पनि सरकारले लकडाउन घोषणा गरेपछि स्थगित गरिएको थियो। स्थिति सामान्य भएलगत्तै परीक्षाका लागि अर्को सूचना जारी गरिने काउन्सिलले जनाएको छ।

प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्