Kathmandu Press

निषेधाज्ञा उल्लङ्घन गर्ने १७ सय ७० जना कारबाहीमा

काठमाडौं, भदौ ४ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा उलंघन गर्ने १७ सय ७० जनालाई कारबाही गरेको छ। काठडमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा....

निषेधाज्ञा उल्लङ्घन गर्ने १७ सय ७० जना कारबाहीमा

काठमाडौं, भदौ ४ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा उलंघन गर्ने १७ सय ७० जनालाई कारबाही गरेको छ। काठडमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञाको अवहेलना गर्दै सडकमा निस्किएका मानिसलाई कारबाही गरेको हो।

साथै, ४१५ वटा दुई पांग्रे र एक सय ७९ वटा चार पांग्रे सवारीसाधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार उनीहरुलाई दुई घन्टा सडकमा होल्ड गराएर छाडिएको छ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बिहीबारदेखि प्रशासनले उपत्यकाका तीन जिल्लामा एक हप्ताको लागि निषेधाज्ञा लागू गरेको छ । 

प्रकाशित मिति: १३:२७ बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्