गुगल डाउन : जीमेल र गुगल ड्राइभमा फाइल अटेच र युट्युबमा भिडियो अपलोड गर्न समस्या
काठमाडौं, भदौ ४ : संसारभर नै सबैभन्दा ठूलो आईटी कम्पनी गुगल डाउन भएको छ। यसका कयौं सेवामा समस्या आएको छ।
बिहीबार मध्याह्नदेखि गुगलमा समस्या ....

काठमाडौं, भदौ ४ : संसारभर नै सबैभन्दा ठूलो आईटी कम्पनी गुगल डाउन भएको छ। यसका कयौं सेवामा समस्या आएको छ।
बिहीबार मध्याह्नदेखि गुगलमा समस्या आएको हो। सबैभन्दा बढी जीमेल, गुगल ड्राइभमा समस्या आएको छ। फाइल एटेच हुन लागेको छैन।
त्यस्तै, युट्युबमा पनि समस्या आएको छ। नयाँ भिडियो अपलोड भइरहेको छैन। जसले गर्दा संसारभरका प्रयोगकर्ताले कठिनाइ भोगिरहेका छन्।
यससँगै गुगल मिट, गुगल भ्वाइस, गुगल डकमा पनि समस्या आएको छ। यो डेक्सटपसँगै एपमा पनि समस्या आएको जनाएको छ।
संसारभरका प्रयोगकर्ताले समस्या आएको जनाउँदै ट्वीटरमार्फत गुगललाई गुनासो गरिरहेका छन्। गुगगले समस्या सुल्झाउने प्रयास भइरहेको जनाएको छ।
प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











