Kathmandu Press

रौतहटमा पुजारीको गोली हानी हत्या

रौतहट, भदौ ४ : राैतहटको माधवनारायण नगरपालिकाको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ। बुधबार राति करीब साढे ९ बजे वडा नम्बर २ खेसरहियाटोल स्थ....

रौतहटमा पुजारीको गोली हानी हत्या

रौतहट, भदौ ४ : राैतहटको माधवनारायण नगरपालिकाको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ। बुधबार राति करीब साढे ९ बजे वडा नम्बर २ खेसरहियाटोल स्थित  हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कञ्चटमा गोली हानी हत्या गरिएको हो।

पुजारी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए। मन्दिर परिसरमै पकाइएको खाना तयारी अवस्थामा रहेका बेला पुजारी साहलाई गोली हानी हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक रविराज खड्कासहितको टोलीले घटनास्थलमा पुगेर  अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

पुजारी साहको शव परीक्षणकाका लागि राति नै जिल्ला अस्पताल गौर ल्याइएको छ। सो क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको जनाइएको छ। 

प्रकाशित मिति: १२:०१ बजे, बिहीबार, भदौ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्