प्रहरीले कर्मचारीलाई राेकेपछि काठमाडौंका सबै बैंक बन्द
काठमाडौं, भदौ ४ : प्रहरीले कार्यालय आउन लागेका कर्मचारीलाई बाटोमै रोकेको जनाउँदै काठमाडौं उपत्यकाका बैंक पनि बन्द गरिएका छन्।
नेपाल बैंकर्स ....

काठमाडौं, भदौ ४ : प्रहरीले कार्यालय आउन लागेका कर्मचारीलाई बाटोमै रोकेको जनाउँदै काठमाडौं उपत्यकाका बैंक पनि बन्द गरिएका छन्।
नेपाल बैंकर्स संघको आह्वानमा बिहीबार उपत्यकाका सबै बैंकका शाखा बन्द गरिएका हुन्। प्रहरीले कर्मचारीलाई बाटोमै रोकेर फर्काएकाले बिहीबारका लागि सबै बैंक शाखा बन्द गरिएको संघले जनाएको छ।
उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ। यो अवधिमा स्वास्थ्य, बैंकिङ, खानेपानी, सरसफाइलगायत अत्यावश्यक सेवा सञ्चालन गर्ने सहमित भएको थियो। राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कारोबार सूचारु राख्न निर्देशन दिएको थियो।
तर, प्रहरीले बिहीबार बिहानैदेखि बैंकका कर्मचारीलाई बाटोमै रोक्ने तथा फर्काउने गरेपछि सेवा बन्द गरिएको हो। शुक्रबारदेखि सञ्चालन गर्नका लागि छलफल भइरहेको संघले जनाएको छ।











