Kathmandu Press

पोखराको सशस्त्र प्रहरी गणका १६ जनामा कोरोना

पोखरा, भदौ ४ : कास्कीको पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रदे....

पोखराको सशस्त्र प्रहरी गणका १६ जनामा कोरोना

पोखरा, भदौ ४ : कास्कीको पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तिअनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो। गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा सङ्क्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा खटिएका थिए।

स्याङ्जाबाट पोखरा आएर क्वारेन्टाइनमा बसेका प्रहरीमध्ये २९ जनाको नमूना सङ्कलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए।

त्यसैगरी गण्डकी प्रदेशको बाग्लुङमा समेत आठ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यससँगै गण्डकीमा सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय १२ पुगेको छ।

प्रकाशित मिति: १०:४३ बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्