Kathmandu Press

दुई दिनअघि मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि

सप्तरी, भदौ ४ : दुई दिनअघि मृत्यु भएका सप्तरीका एक युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सप्तरीको राजविराज नगरपालिका ४ का २८ वर्षीय य....

दुई दिनअघि मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि

सप्तरी, भदौ ४ : दुई दिनअघि मृत्यु भएका सप्तरीका एक युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सप्तरीको राजविराज नगरपालिका ४ का २८ वर्षीय युवक केही दिनअघि बिरामी परेका थिए। रुघाखोकी, श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो।

त्यहाँ उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो। उपचारका क्रममा मंगलबार नै उनको मृत्यु भएको थियो।

मृत्युपछि गरिएको कोरोना परीक्षणमा पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। त्यस्तै, प्रदेश २ मा कोरोनाबाट अहिलेसम्म ४८ जनाको ज्यान गएको छ।

प्रकाशित मिति: १०:२२ बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्