सुरु भयो सेयर कारोबार, बेलुकी ६ बजेसम्म कारोबार हुने
काठमाडौं, चैत १३: नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार ६ बजेसम्म सेयर कारोबार गर्ने गरी समय निर्धारण गरेको छ। दिउँसो १ बजेर १४ मिनेटदेखि....

काठमाडौं, चैत १३: नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार ६ बजेसम्म सेयर कारोबार गर्ने गरी समय निर्धारण गरेको छ। दिउँसो १ बजेर १४ मिनेटदेखि अवरुद्ध भएको सेयर कारोबार ब्रोकर टिएमएसको फायर वाल फेरेपछि कारोबार फेरि सुचारु भएको छ।
प्राथमिक फायरवालमा आएको समस्याका कारण वैैकल्पिक फायरवाल जडान भएपछि बजार सुचारु भएको नेप्सेले जनाएको छ। रोकिएको समयावधि कारोबार खुलेपछि थप एक घण्टा १८ मिनेट बजार सुचारु भएकाले बुधबार बेलुकी ६ बजेसम्म सेयर कारोबार हुने समेत नेप्सेले जनाएको छ।
सदस्य दलालले प्रयोग गरिरहेको ब्रोकर प्रणाली टिएमएस होस्टिङ भएको डेटा हबको राउटर फायरवालमा समस्या आएकाले सम्पूर्ण ब्रोकरहरुले प्रणालीमा लगइन गर्न नसकेकाले कारोबर सुचारु हुन सकेको थिएन।











-1754206481.jpg)