Kathmandu Press

अछाम बाढी : ६ जनाको शव भेटियो, ११ जना अझै बेपत्ता

रामारोसन, भदाै ३ : अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ। 

<....
अछाम बाढी : ६ जनाको शव भेटियो, ११ जना अझै बेपत्ता

रामारोसन, भदाै ३ : अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ। 

शव भेटिएकामध्ये तीन जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सनाखत भएकामा रामारोसन–५ का १५ वर्षीय रोशन साउद, सोही वडाका ३३ वर्षीया गौरी शाह र ४८ वर्षीय चन्द्र साउद  छन्। शव भेटिएका अन्य तीन जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

बगेर बेपत्ता भएकाको खोजीका लागि बुधबार दिउँसोदेखि नेपाली सेनाको एआइ १७ नामक हेलिकप्टर परिचालन भएको छ। गएराति कैलाश खोलामा आएको बाढीले सैनीबजारमा रहेका ३०  पसलसहित १७ जना बगाएको थियो। खोलामा अहिलेसम्म पनि ठूलो बाढी भएका कारण खोजीमा निकै समस्या हुँदै आएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। 

नेपाली सेनाको एआइ १७ हेलिकप्टर बाढीले बगाएकाहरुको खोजीका लागि परिचालन भएको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुरका बाहिनीपति सहायकरथी होमनाथ दवाडीले जानकारी दिए। उक्त खोजीमा अछामका प्रजिअ उपाध्याय, भवानी बक्सका गणपति लोचन कार्की तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रसिंह थापासहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।     

उनका अनुसार भेटिएका शवमा लुगा नभएका र पहिचान हुने कुनै चिज नभएका कारण अहिलेसम्म पहिचान हुन सकेको छैन। गएराति ठूलो वर्षातका कारण उक्त खोलामा बाढी आएका कारण आआफ्ना पसलमा सुतेका स्थानीयवासीलाई बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

बाढीले बगाएर बेपत्ता भएकाको खोजीका लागि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि तथा स्थानीयवासीको टोली खटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदले बताए। 

प्रकाशित मिति: १८:५१ बजे, बुधबार, भदौ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्