प्रदेशसभा सांसदसहित कर्णाली प्रदेशमा थप ४३ जनालाई कोरोना संक्रमण
काठमाडौं, भदौ ३ : कर्णाली प्रदेशमा बुधबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण....

काठमाडौं, भदौ ३ : कर्णाली प्रदेशमा बुधबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनामा संक्रमण पुष्टि भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका अनुसार संक्रमितमध्ये कर्णाली प्रदेशसभाका ५३ वर्षीय सांसद रहेका छन्। संक्रमितमध्ये सल्यानका १७, सुर्खेतका १०, जुम्लाका ९, दैलेखका ४, बाँके, डोल्पा र कास्कीका एक एकजना रहेका छन्।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २१ सय ३० पुगेको छ। त्यस्तै, हालसम्म कर्णाली प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १९०८ पुगेको छ।
कर्णाली प्रदेशमा अहिलेसम्म ६ जना संक्रमितको मृत्यु भइसकेकाे छ।











