Kathmandu Press

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं, भदौ ३  : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प....

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु
फाइल

काठमाडौं, भदौ ३  : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी दिए। 

प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट काठमाडौं र बर्दिया एक–एक जना पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीमा एक–एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो।  

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ।  नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ। संक्रमितमध्ये १७ हजार ७०० जना कोरोनालाई जितेर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै १२० जना कोरोनालाई जितेर घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:३२ बजे, बुधबार, भदौ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्