Kathmandu Press

नेकपा एमाले दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं, भदौ ३ :  निर्वाचन आयोगले नेकपा एमाले दर्ता गर्ने निर्णय गरेको छ।

पार्टी दर्ताका लागि निवेदन परेपछि सत्तासीन दल नेकपाभित्र विव....

नेकपा एमाले दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं, भदौ ३ :  निर्वाचन आयोगले नेकपा एमाले दर्ता गर्ने निर्णय गरेको छ।

पार्टी दर्ताका लागि निवेदन परेपछि सत्तासीन दल नेकपाभित्र विवाद चुलिएको थियो। तर, आयोगले दल दर्ता गर्ने निर्णय गरेको छ। 

एमाले दर्ताका लागि असारमा आयोगमा निवेदन परेको थियो। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नै एमाले दर्ता गर्न लगाएको आरोप अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाउँदै आएका थिए। जसका कारण नेकपाको स्थायी समिति बैठक नै प्रभावित बनेको थियो। 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सबै कागजात र हस्ताक्षर प्रमाणित भएपछि दल दर्ता गर्ने निर्णय गरिएको बताए।  विराटनगरकी सन्ध्या तिवारी अध्यक्ष रहने गरी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो।

प्रकाशित मिति: १५:३७ बजे, बुधबार, भदौ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्