शाहरुखले प्रियंकालाई विहेको प्रस्ताव राखेको भिडियो भाइरल
काठमाडौं, चैत १३ : बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडाको एउटा भिडियो दशकपछि भाइरल भएको छ। जसमा शाहरुखले प्रियंकालाई विहेको प्रस्ताव रा....

काठमाडौं, चैत १३ : बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडाको एउटा भिडियो दशकपछि भाइरल भएको छ। जसमा शाहरुखले प्रियंकालाई विहेको प्रस्ताव राखेका छन् ।
उसो त दुवै कुनै समय प्रेममा पनि थिए । प्रियंकाको विहेअघि शाहरुख खानसँगको सम्बन्धका विषयमा चर्चा भएको थियो। उनीहरू फिल्म ‘डन’को सुटिङका क्रममा निकटता बढेको थियो । जुन शाखरुखकी पत्नी गौरीलाई पनि अवगत थियो। त्यसपछि उनले शाहरुखलाई प्रियंकासँग फिल्म खेल्न रोक लगाएकी थिइन्।
भारतीय मिडियाका अनुसार, शाहरुखलाई प्रियंकासँग भेटघाटसमेत गर्न दिएकी थिइनन्। जसले गर्दा प्रियंका बलिउड छोडेर हलिउडतिर लागेको समाचार पनि आएका थिए । यसमा प्रियंकाले कुनै प्रतिक्रिया दिएकी छैनन् ।
अहिले भने सन् २०० को भिडियो भाइरल भएको हो । जति बेला प्रियंका मिस इन्डियाको प्रतियोगी थिइन् र शाहरुख त्यसमा जज थिए । त्यही बेला शाहरुखले प्रश्न सोधेका छन्, ‘तपाई कोसँग बिहे गर्नु हुन्छ ? खेलाडी वा व्यापारी या मजस्तो कलाकारसँग ?’
जसको उत्तरमा प्रियंकाले खेलाडीलाई रोज्ने बताएकी थिइन् ।












