चितवनमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि
भरतपुर, भदाै ३ : चितवनमा मृत्यु भएकी वृद्धामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
खैरहनी नगरपालिका–३ गोठसोरका एक वृद्धाम....

भरतपुर, भदाै ३ : चितवनमा मृत्यु भएकी वृद्धामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
खैरहनी नगरपालिका–३ गोठसोरका एक वृद्धामा मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए। १०८ वर्षीया वृद्धाको सोमबार मृत्यु भएको थियो। मंगलबार आएको रिपोर्टमा उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो।
साउन २४ गते क्यान्सर अस्पतालमा कार्यरत आफन्तले भेटघाट गरेर गएसँगै आफन्तको नमूना परीक्षणका क्रममा सङ्क्रमित देखिएपछि उनको स्वाब संकलन गरिएको थियो। उनीसँगै ती संक्रमितको सम्पर्कमा आएकाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकामा मृतकको हेरचाह गर्ने चार जनामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
वृद्धाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ।











