Kathmandu Press

नेकपाका सांसद बोगटीलाई कोरोना संक्रमण

काठमाडौं, भदौ ३ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरसको संक्रमण पुष्टि छ। 

 सांसद बोगट....

नेकपाका सांसद बोगटीलाई कोरोना संक्रमण

काठमाडौं, भदौ ३ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरसको संक्रमण पुष्टि छ। 

 सांसद बोगटीलाई मंगलबार कोरोनाको संक्रमण पुष्टि भएको हो। सांसद बोगटीले सोमबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए। सांसद बोगटीले आफूलाई कोरोना संक्रमण भएको बताए।

‘हिजो आएको रिपोर्ट अनुसार मलाई कोरोना पुष्टि भएको छ,’ उनले भने। सांसद बोगटीले आफू कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा भर्ना भएको र स्वास्थ्य सामान्य रहेको बताए।

बोगटी तत्कालीन एमालेका तर्फबाट अछाम क्षेत्र नम्बर–२ बाट संघीय सांसदमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १४:३० बजे, बुधबार, भदौ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्