Kathmandu Press

पहिरोमा पुरिएर बझाङमा दुई बालकको मृत्यु

बझाङ, भदौ ३ : पहिरोले पुरिएर बझाङको बुङ्गल नगरपालिका ५ मिडी गाउँमा दुई बालकको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्याल....

पहिरोमा पुरिएर बझाङमा दुई बालकको मृत्यु

बझाङ, भदौ ३ : पहिरोले पुरिएर बझाङको बुङ्गल नगरपालिका ५ मिडी गाउँमा दुई बालकको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार मिडीका १२ वर्षीय सचिन ताम्राकार र पाँच वर्षीय सुदीप ओखेडाको मृत्यु भएको हो।

पहिरोले स्थानीय प्रताप ताम्राकारको घर पुरिएको छ। घर पुरिँदा च्यापिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा परि ४० वर्षीया पिपला ताम्राकार, १८ वर्षीया सुनिता ताम्राकार, १२ वर्षीया सन्तोषी ताम्राकार र १६ वर्षीय अनिल ताम्राकार घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १४:२० बजे, बुधबार, भदौ ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्