Kathmandu Press

राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

लमजुङ, भदौ ३ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मर्स्याङदी गाउँपालिकाले पालिकाभरमा आज सार्वजनिक बिदा दिइएको छ। घिमिरेले  जिल्लासँगै राष्ट्रल....

राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

लमजुङ, भदौ ३ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मर्स्याङदी गाउँपालिकाले पालिकाभरमा आज सार्वजनिक बिदा दिइएको छ। घिमिरेले  जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ।

आज बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, आकस्मिक सेवाबाहेकका स्वास्थ्यचौकीबाहेक सबैमा सार्वजनिक बिदा दिएको हो। 

एक सय एक वर्षको उमेरमा राष्ट्रकवि घिमिरे काठमाडौँस्थित लैनचौरमा आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको थियो। राष्ट्रकवि घिमिरे लमजुङ मर्स्याङदी गाउँपालिका–६ पुस्तन गाउँमा विसं १९७६ असोज ७ गते जन्मिएका थिए। राष्ट्रकवि घिमिरे स्वच्छन्दवादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि तथा गीतकार घिमिरेको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै शोकसन्तत परिवार एवं आफन्तजनप्रति गहिरो सम्मेवदना प्रकट गरेको गाउँपालिकाले जनाएको छ। 

प्रकाशित मिति: १४:०२ बजे, बुधबार, भदौ ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्