Kathmandu Press

चितवनमा विप्लवका सात नेता पक्राउ

चितवन, चैत १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सात जना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्या....

चितवनमा विप्लवका सात नेता पक्राउ

चितवन, चैत १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सात जना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फागुन २९ गतेदेखि बुधबारसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो।

Hardik ivf

पक्राउ पर्नेमा विप्लव निकट जिल्ला सचिवालय सदस्य राजकुमार तिमिल्सिना, अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष विक्रम न्यौपाने, राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, जिल्ला सदस्य वीरबहादुर तामाङ, अखिल क्रान्तिकारी चितवन यातायात व्यवसायी सङ्घका अध्यक्ष मित्र केसी र चितवन १ नम्बर इलाका इञ्चार्ज जयबहादुर कुँवर रहेका छन्।

आज बिहान पक्राउ परेका व्यक्तिको विषयमा अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गर्न नमिल्ने रेग्मीले बताए।

भरतपुर महानगरपालिका–५ को कार्यालयमा विष्फोट गराएको अभियोगमा मुद्दा दर्ता गरी फरार रहेका १५ जनाको खोजी भइरहेको उनले जानकारी दिए । पक्राउ परेकालाई बम विष्फोट र सङ्गठित अपराधअन्तर्गत मुद्दा दर्ता गरिएको छ। (रासस)

 

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, चैत १३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्