Kathmandu Press

संसद्को विवादित लोगो फिर्ता, फेरि बनाइने

काठमाडौं, भदौ ३ : संसद्को विवादित लोगो संघीय संसद् सचिवालयले फिर्ता पठाएको छ। त्यसलाई परिमार्जन गरिने भएको छ। 

बुधबार संघीय संसद् सचिवा....

संसद्को विवादित लोगो फिर्ता, फेरि बनाइने

काठमाडौं, भदौ ३ : संसद्को विवादित लोगो संघीय संसद् सचिवालयले फिर्ता पठाएको छ। त्यसलाई परिमार्जन गरिने भएको छ। 

बुधबार संघीय संसद् सचिवालयले प्रेस विज्ञप्ति जारी गरि संसद्को विवादित लोगो फिर्ता पठाएको जनाएको छ। घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरले संसद्को लोगो बनाएको थियो।

यसमा संरचनागत र साजसज्जामा समस्या देखिएको थियो। स्तरीय लागो नभएको भन्दै सबैतिरबाट विरोध भएको थियो। त्यसपछि संघीय संसद् सचिवालयले फेरि बनाउन फिर्ता पठाएको हो।

बुधबार संघीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले प्रेस विज्ञप्ति जारी गरि विवादित लोगो फिर्ता पठाएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, 'घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरबाट प्राप्त भएका ब्याच पिनहरुमा संरचनागत र साजसज्जासम्बन्धी समस्याहरु देखिएकोले सोको सुधार र परिमार्जनका लागि मिति २०७७/०५/०२ मा त्यस कार्यालयमा फिर्ता पठाइएको छ।'

साथै घरेलु कार्यालयले नेपालको अद्यावधिक नक्सालगायतका विषयमा परिमार्जन गरि उपलब्ध गराउने प्रतिवद्धता जनाएको समेत विज्ञप्तिमा उल्लेख छ।

 

 

प्रकाशित मिति: १२:४८ बजे, बुधबार, भदौ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्