Kathmandu Press

प्रेस काउन्सिललाई गुटगत प्रचारको गोटी बनाउन खोजेको भन्दै कांग्रेसद्वारा विरोध

काठमाडौं, भदौ ३ : सरकारले प्रेस काउन्सिललाई गुटगत प्रचारको गोटी बनाउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ।

का....

प्रेस काउन्सिललाई गुटगत प्रचारको गोटी बनाउन खोजेको भन्दै कांग्रेसद्वारा विरोध

काठमाडौं, भदौ ३ : सरकारले प्रेस काउन्सिललाई गुटगत प्रचारको गोटी बनाउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ।

कांग्रेसले काउन्सिलको कार्यबाहक अध्यक्ष नियुक्तिको विरोध गरेको हो। ‘प्रश्न व्यक्तिको होइन विधिको हो, प्रश्न नेपाली प्रेसलाई स्वतन्त्र ढंगले कार्य गर्न सहज तुल्याउने र प्रेसलाई मर्यादित राख्न कसैको दबाव मुक्त उत्प्रेरणाको कार्य गर्ने थलोको हो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारले ठाडै हस्तक्षेपमार्फत काउन्सिललाई नेकपा, त्यहाँभित्र प्रधानमन्त्री निकट गुट, अझ त्यहाँ भित्रपनि केही निश्चित व्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति नेपाली कांग्रेसको प्रष्ट विमती छ।’

कांग्रेसले कार्यबाहक अध्यक्ष तोक्ने निर्णय फिर्ता लिन माग गरेको छ। सरकार नियन्त्रित प्रेसको बाटोमा रहेको भन्दै पत्रकार महासंघ, प्रेस युनियन र अन्य सरोकारवाला संस्थाहरुसँग संवाद र सहमति बेगर गरिएका र गरिने कुनैपनि कदममा आफ्नो समर्थन नरहने कांग्रेसले जनाएको छ।

सरकारले आइतबार दुर्गा भण्डारीलाई काउन्सिलको सदस्य नियुक्त गरेको थियो। त्यसको भोलिपल्ट काउन्सिलको नियमावली संंशोधन गरि भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको थियो। नियमावली संंशोधन गर्नुअघि अध्यक्ष नभएको अवस्थामा काउन्सिलकै सदस्यहरुले वरिष्ठ सदस्यलाई कार्यबाहक दिने व्यवस्था थियो।

प्रकाशित मिति: १२:२६ बजे, बुधबार, भदौ ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्