राष्ट्रकविको पार्थीव शरीरमा उपप्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा
काठमाडौं, भदौ ३ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका छन्।
....
काठमाडौं, भदौ ३ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका छन्।
उनले सरकारको तर्फबाट राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका छन्। कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो।
राष्ट्रकवि घिमिरेको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ।
प्रकाशित मिति: १२:१७ बजे, बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार