Kathmandu Press

वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

वीरगञ्ज, भदौ ३ : कोरोना भाइरसको संक्रमणबाट पर्साको वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, पर्साका अनुसार कोरोनाबाट वी....

वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

वीरगञ्ज, भदौ ३ : कोरोना भाइरसको संक्रमणबाट पर्साको वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, पर्साका अनुसार कोरोनाबाट वीरगञ्ज महानगरपालिका–४ विर्ताका ८४ वर्षीय बृद्ध र वीरगञ्जकै भिस्वाका ५७ वर्षीयको गएराति मृत्यु भएको हो।

८४ वर्षीय बृद्ध साउन २७ गते नारायण अस्थायी कोरोना अस्पताल भर्ना भएका थिए। उनको उपचारका क्रममै गएराति १०ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै, अर्का ५७ वर्षीय पुरुषको मंगलबार साँझ नारायणी अस्पतालमा मृत्यु भएको हो। उनी श्वासप्रश्वासमा समस्या भएपछि एक साता अघि अस्पताल भर्ना भएका थिए।

उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: ११:५८ बजे, बुधबार, भदौ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्