पहिरोमा पुरिएर बाजुरामा दुईको मृत्यु, दुई जना घाइते
बाजुरा, भदौ ३ : पहिरोमा पुरिएर बाजुराका विभिन्न ठाउँमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, बाजुराका ....

बाजुरा, भदौ ३ : पहिरोमा पुरिएर बाजुराका विभिन्न ठाउँमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार गएराति खसेको पहिरोमा पुरिएर बुढीनन्दा नगरपालिका-६ की ५५ वर्षीया भिनु लुहार र खप्तड छेडेदह गाउँपालिका-५ की तीन वर्षीया बालिका सनिका बुढाको मृत्यु भएको छ।
पहिरोमा परेर खप्तड छेडेदह गाउँपालिका-५ की ६० वर्षीया नन्दा बढुा र उनकी नातिनी पाँच वर्षीया विनिता बुढा घाइते भएका छन्। राति सुतिरहेको वेला पहिरोले घर पुरिँदा उनीहरु घायते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १०:२३ बजे, बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











