पाटन अस्पतालमा कोरोना संक्रमितको बृद्धाको मृत्यु
काठमाडौं, भदौ ३ : ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार भक....

काठमाडौं, भदौ ३ : ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिकाकी ६१ वर्षीया महिलाको बुधबार बिहान कोरोनाबाट मृत्यु भएको हो। उनी साउन २१ गते उपचारका लागि पाटन अस्पताल भर्ना भएकी थिइन्।
उनलाई कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखेर उपचार भइरहेको थियो। उनी ब्लड क्यान्सरको बिरामी रहेको अस्पतालले जनाएको छ। केही दिनयता निमोनिया पनि देखिएको थियो।
प्रकाशित मिति: ०९:४२ बजे, बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











