राष्ट्रिय सम्मान सहित राष्ट्रकवि घिमिरेको आज अन्त्यष्टि गरिने
काठमाडौं, भदौं ३ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मान सहित अन्त्यष्टि गरिदैछ । केही समयदेखि बिरामी हुनुभएका राष्ट्रकवि घिमिरेको हिजो ब....

काठमाडौं, भदौं ३ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मान सहित अन्त्यष्टि गरिदैछ । केही समयदेखि बिरामी हुनुभएका राष्ट्रकवि घिमिरेको हिजो बेलुकी १ सय १ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।
उनको अन्त्यष्टि आज पशुपतिमा गरिने परिवारले जनाएको छ । नेपाली सेनाले अन्तिम सलामी अर्पण गर्नेछ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ ।
२०७४ साल फागुन २ गते उनलाई सेनाले मानार्थ ब्रिगेडियर जनरलको उपाधिले सम्मानित गरेको थियो । १९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मेका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएका थिए ।
स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपालीजस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।











