Kathmandu Press

चौरीदेउराली गाउँपालिकालाई उज्यालो नेपालद्वारा स्वास्थ्य सामग्री प्रदान

काभ्रे , भदौ २ : कोसीपारीको चौरीदेउराली गाँउपालिकालाई कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि केही जुझारु युवाहरुको पहलमा काठमाडौंमा रहेको उज्यालो ....

चौरीदेउराली गाउँपालिकालाई उज्यालो नेपालद्वारा स्वास्थ्य सामग्री प्रदान

काभ्रे , भदौ २ : कोसीपारीको चौरीदेउराली गाँउपालिकालाई कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि केही जुझारु युवाहरुको पहलमा काठमाडौंमा रहेको उज्यालो नेपाल नामक संस्थाले निःशुल्क स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्रदान गरेको छ। 

गाँउपालिकाको कार्यालय ढाडखर्कमा पुगेर वडा नं. ६ का वडाअध्यक्षका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका युवा नेता किशोर गिरीले गाउँपालिकाका उपप्रमुख तारादेवि चौलागाईलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन।

सो अवसरमा सन्जय लामा, सोनम शेर्पालगायतका जुझारु युवाहरुको पहलमा उज्यालो नेपाल संस्थाद्वारा प्राप्त ४ हजार थान मेडिकल मास्क, २ सय थान भिटिएम किट, १० पिस पाचँसय एमएलका सेनिटाइजर, ५ थान स्प्रे सेनिटाइजर र १५ थान फेस कभरलगायतका सामाग्री प्रदान गरिएको गिरीले बताए।

‘यस गाँउपालिकामा कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि केही भएपनि योगदान पुगोस भन्ने उद्देश्यले उक्त परिणामको स्वास्थ्य सामाग्री उपलब्ध गराएका हौं, सहयोगी हात र यो अवसर जुटाउने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता कार्य जारी रहने प्रतिवद्धता व्यक्त गर्दछु’ युवा नेता गिरीले बताए।

प्रकाशित मिति: १७:२० बजे, मंगलबार, भदौ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्