सिन्धुपाल्चोकको लिदी पहिरो : मृतकको संख्या २४ पुग्यो
सिन्धुपाल्चोक, भदौ २ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २, लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २४ पुगेको छ।
पहिरो....

सिन्धुपाल्चोक, भदौ २ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २, लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २४ पुगेको छ।
पहिरोमा बेपत्ता भएका ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव मंगलबार भेटिएपछि मृतकको संख्या २४ पुगेको इलाका प्रहरी कार्यालय जलविरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।
पहिरोमा बेपत्ता १५ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी भइरहेको छ। पहिरो गएको ठाउँमा पानी पर्ने क्रम नरोकिएकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:०८ बजे, मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार