कोरोनाका बिरामी : आइसियूमा एक सय १८, भेन्टिलेटरमा आठ जना उपचाररत
काठमाडौं, भदौ २ : नेपालमा आइसियूमा राखेर उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या थपिँदै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको त....

काठमाडौं, भदौ २ : नेपालमा आइसियूमा राखेर उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या थपिँदै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा ११८ जना संक्रमितको आइसियूमा राखेर उपचार भइरहेकाे छ। यस्तै ८ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
मन्त्रालयका अनुसार प्रदेश १ मा चार जना, प्रदेश २ मा ४६ जना, वागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश ५ मा १० जना संक्रमितको आइसियूमा उपचार भइरहेको छ। यस्तै वागमती प्रदेशमा ८ जना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको गौतमले जानकारी दिए।
मन्त्रालयका अनुसार अहिले देशभर ९५६ वटा आइसियू बेड छन्। प्रदेश एकमा ४८, प्रदेश २ मा ४८, वागमतीमा ६३०, गण्डकीमा १३७, प्रदेश पाँचमा २९, कर्णालीमा ४० र सुदुरपश्चिममा १८ आइसियू बेड रहेको मन्त्रालयले जनाएको छ।
यस्तै भेन्टिलेटरको संख्या ५०६ छ। प्रदेश एकमा १९, प्रदेश २ मा १७, वागमतीमा ३६१ गण्डकीमा ६९ प्रदेश पाँचमा १३ कर्णालीमा १७ र सुदुरपश्चिम प्रदेशमा १० वटा भेन्टिलेटर छन्। प्रवक्ता गौतमले भेन्टिलेटर थप्ने तयारी भइरहेको बताए।











