भक्तपुर नगरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द
काठमाडाैं, भदाै २ : भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
नगर प्रमुख सुन....

काठमाडाैं, भदाै २ : भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा मंगलबार भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलपछि सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो।
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा दैनिक सयौंँ संक्रमित थपिरहेको तथा भक्तपुरमा पनि संक्रमित बढ्दै गएको देखिएकाले नगरभित्र सञ्चालन हुने छोटो दूरीका सार्वजनिक यातायात भदौ दोस्रो सातासम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिए।











