Kathmandu Press

कोरोना संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु

काठमाडौं, भदौ २ :  कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ। 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमि....

कोरोना संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु

काठमाडौं, भदौ २ :  कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ। 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिए। 

प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक–एक जना पुरुष तथा तनहुँकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो।  योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ। संक्रमितमध्ये १७ हजार ५८० जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर ८५ जना घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १६:४४ बजे, मंगलबार, भदौ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्