देशको झण्डा जलाउनेलाई कडा कारवाही गर्न कांग्रेसको माग
काठमाडौं, भदौ २ : नेपाली कांग्रेसले देशको झण्ड जलाउनेलाई तुरुन्तै कारवाही गर्न माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले देशको झण्डा, नक्सा वा कुनैपनि....

काठमाडौं, भदौ २ : नेपाली कांग्रेसले देशको झण्ड जलाउनेलाई तुरुन्तै कारवाही गर्न माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले देशको झण्डा, नक्सा वा कुनैपनि प्रतिक चिन्ह जलाउनेलाई के गर्ने भनेर छलफल र बहसको आवश्यकता नरहेको बताएका छन्।
‘देशको झण्डा, नक्सा या अन्य कुनै पनि प्रतिक चिन्ह जलाउनेलाई के गर्ने भनेर कुनै छलफल र बहसको आवश्यकतै हुन्न। तत्काल खोजी गर्ने, गिरफ्तार गर्ने र कानुनमा ब्यवस्था भए बमोजिम कडा कारवाही गर्ने,’ उनले भनेका छन्।
उनले नेपालको पहिचान र नेपालीको संवेदनशीलता उपरको प्रहार जो सुकैबाट भएपनि क्षम्य नहुने बताएका छन्। ‘नेपालको पहिचान र नेपालीको संवेदनशीलता उपरको प्रहार जोबाट होस् त्यो कहिल्यै क्षम्य हुन्न!’
कुनैपनि जाति, समुदाय र संस्कृतिको कुरा गरिरहँदा अर्को जाति, समुदाय र संस्कृतिलाई अपमान गर्ने प्रवृत्ति निरुत्साहित गरिनैपर्छ,’ उनले भनेका छन्, ‘पहिचान भेटिने द्वन्द मेटिने, भावना र परिस्थिति हाम्रो अभिष्ट हो, यो संवेदनशीलताको हेक्का एवं साझा अस्तित्वको बाटोबाट मात्रै हामी समुन्नतिमा पुग्छौं।’
सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युब च्यानलमा सार्वजनिक भएको देशद्रोही’ शीर्षकको गीतमा नेपालको झण्डा जलाइएको छ। र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापरका रुपमा मंगोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ। गीत सार्वजनिक भएलगत्तै झण्डा जलाउनेलाई कारवाही गर्नुपर्ने धेरैले माग गरेका छन्।











