बाढी पहिरो पीडितकाे उद्धार र राहतका लागि कांग्रेसको ४५ लाख सहयोग
काठमाडौं, भदौ २ : बाढी–पहिरो पीडितकाे उद्धार र राहतका लागि नेपाली कांग्रेसले ४५ लाख सहयोग गरेको छ। कांग्रेसले प्रथम चरणमा ३० जिल्लामा ४५ लाख सहय....

काठमाडौं, भदौ २ : बाढी–पहिरो पीडितकाे उद्धार र राहतका लागि नेपाली कांग्रेसले ४५ लाख सहयोग गरेको छ। कांग्रेसले प्रथम चरणमा ३० जिल्लामा ४५ लाख सहयोग गरेको हो।
कोरोनाको कहरकै बीचमा बाढी–पहिरोले जनधनको क्षति गरेर पीडा माथि पीडा थपिएको भन्दै कांग्रेसले यस्तो समयमा मानवीय कर्तव्य निर्वाह गर्न हामी सबै आ–आफ्नो ठाउँबाट जुट्न जरुरी भएको बताएको छ।
‘कांग्रेस हरेक मानवीय पीडामा मल्हम लगाउन सदैव अग्रपंक्तिमा कार्य गर्दै आएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बाढी–पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्धार र राहतको जिल्ला स्तरीय अभियानलाई बल पुर्याउन नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट ४५,००,००० (पैंतालीस लाख) ‘स्नेहको सानो सहयोग’ का रुपमा १,५०,००० (एक लाख पचास हजार) रुपैयाँका दरले पहिलो चरणमा निम्न ३० जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका नाममा पठाइएको छ।’
कांग्रेसले उद्धार र राहतको अभियानमा पार्टीका सबै तप्कालाई खटिनमा आग्रह गर्दछ।
कहाँ–कहाँ पठाइयो सहयोग?
- १. लम्जुङ
- २. सिरहा
- ३. गुल्मी
- ४. नुवाकोट
- ५. स्याङ्जा
- ६. बाग्लुङ
- ७. म्याग्दी
- ८. पाल्पा
- ९. ताप्लेजुङ
- १०. ओखलढुंगा
- ११. संखुवासभा
- १२. पर्वत
- १३. सिन्धुपाल्चोक
- १४. महोत्तरी
- १५. पर्सा
- १६. धादिङ
- १७. पाँचथर
- १८. तेह्रथुम
- १९. मकवानपुर
- २०.बारा
- २१. सर्लाही
- २२. काभ्रे
- २३. रसुवा
- २४. धनुषा
- २५. सिन्धुली
- २६. बझाङ
- २७. जाजरकोट
- २८. खोटाङ
- २९. बाजुरा
- ३०. कास्की











