एक दर्जन परियोजनामा द्विपक्षीय सम्झौता हुन्छः अर्थमन्त्री
काठमाडौं, चैत १३ : अर्थमन्त्री डा.युवराज खतिवडाले लगानी सम्मेलनमा एक दर्जन परियोजनामा द्विपक्षीय सम्झौता हुने बताएका छन्।
बुधबार लगानी सम्मे....
काठमाडौं, चैत १३ : अर्थमन्त्री डा.युवराज खतिवडाले लगानी सम्मेलनमा एक दर्जन परियोजनामा द्विपक्षीय सम्झौता हुने बताएका छन्।
बुधबार लगानी सम्मेलनसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री डा.खतिवडाले सम्मेलनको तयारी अन्तिम पूरा भएकाे बताए । ‘लगानी सम्मेलन साझा प्रयास हो, नेपालालाई चिनाउने र लगानी हब बनाउने अभियान हो,’ उनले भने। चैत १५ र १६ गते लगानी सम्मेलन आयोजना गरिँदै छ।
तीन वर्ष अघि गरिएको लगानी सम्मेलनकै जगमा उभिएर यो वर्ष लगानी सम्मेलन गर्न लागिएको उनको भनाइ छ । उनले लगानी सम्मेलन वर्षैपिच्छे नगरिने पनि बताए।
सम्मेलनको उद्देश्यमाथि प्रकाश पार्दै अर्थमन्त्री खतिवडाले भने, ‘सरकारका नीति तथा कार्यक्रम निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन पनि लगानी सम्मेलन गर्न लागिएको छ ।,’
यस पटकको लगानी सम्मेनलमा ७७ वटा परियोजनाबारे जानकारी दिइने उनले बताए । त्यसमध्ये केही परियोजनामा सम्झौता नै हुने उनको भनाइ छ । ‘एक दर्जन परियोजनामा द्विपक्षीय सम्झौता हुन्छ,’ उनले भने।
यसले स्वदेशी र विदेशी लगानीकर्ताबीच सहकार्य बढाउने उनको भनाइ थियो । ‘स्वदेशी लगानीकर्ता र विदेशी लगानीकर्तालाई सहकार्य गराउने अभियान हो,’ उनले भने, ‘वित्त परिचालनको विषय पनि भएको साझा भेटघाट र नेटवर्क हुने छ ।’
लगानी सम्मेलनमा ४० मुलुकका ६ सय विदेशी, विकास साँझेदार, स्वदेशी लगानीकर्ता सहभागी हुने जनाएको छ । उनीहरूसँग सार्वजनिक ५० र निजी २७ गरि ७७ परियोजनामा लगानी गर्न आह्वान गरिने छ।
लगानीको वातावरणका लागि सरकारले प्रयास गरिरहेको उनको भनाइ थियो । अहिले ऐनहरू बनेको र एकद्वार सेवा दिने व्यवस्थालगायतका विषय कानुनी रुपमै सम्बोधन गर्न खोजिएको उनले बताए । ‘अब डुइङ विजनेसमा माथि जानका लागि सुधारका काम अगाडि बछाउने छौ,’ अर्थमन्त्री खतिवडाले भने।