Kathmandu Press

उपचारमा समस्या भएकी नानुलाई नेविसंघ नेता चौलागाईंको सहयोग 

काठमाडौं, भदौ २ : उपचारमा समस्या भएकी नानु तामाङलाई नेविसंघका नेता गोपाल चौलागाईंले आर्थिक सहयोग गरेका छन्।  

सिन्धुपाल्चोकको वलेफी&nda....

उपचारमा समस्या भएकी नानुलाई नेविसंघ नेता चौलागाईंको सहयोग 

काठमाडौं, भदौ २ : उपचारमा समस्या भएकी नानु तामाङलाई नेविसंघका नेता गोपाल चौलागाईंले आर्थिक सहयोग गरेका छन्।  

सिन्धुपाल्चोकको वलेफी–६ मांखाकी क्यान्सर पीडित नानु तामाङ लामालाई उपचारका लागि नेविसंघका नेता चौलागाईंको सक्रियतामा ४३ हजार एक सय रुपैयाँ आर्थिक सहयोग गरिएको हो। नेपाल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा उपचाररत नानुको उपचारमा आर्थिक अभाव भएपछि चौलागाईंको सक्रियतामा उठेको रकम सहयोग गरिएको हो।   

सामान्य परिवारकी नानुको थप उपचार गर्न आर्थिक अभाव भएकाले आफूसहित केही साथीहरुबाट उठाएको रकम थोरै भए पनि सहयोग गरेको उनले बताए।  आर्थिक सहायता विना उपचार गराउन नसक्ने स्थिति भएपछि नानुले सहयोगको लागि अपिल समेत गरेकी छिन्।

नानुको उपचारका लागि आर्थिक अभाव भएकाले मेगा बैंकमा रहेको खाता नम्बर १९९००५०००४७५९ मा सहयोग रकम जम्मा गरिदिन परिवारले अपील गरेको छ।

प्रकाशित मिति: १४:१३ बजे, मंगलबार, भदौ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्