Kathmandu Press

साँखुमा १५ कोरोना भाइरस संक्रमित

काठमाडौं, भदौ २ : शङ्करापुर नगपालिका साँखुमा कोरोना भाइरस संक्रमितको संख्या १५ पुगेको छ। 

संक्रमितहरुको होम आइसोलेसन र सुस्मा कोइराला म....

साँखुमा १५ कोरोना भाइरस संक्रमित

काठमाडौं, भदौ २ : शङ्करापुर नगपालिका साँखुमा कोरोना भाइरस संक्रमितको संख्या १५ पुगेको छ। 

संक्रमितहरुको होम आइसोलेसन र सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चापागाईंले जानकारी दिए। यो साता नगरपालिकामा २६२ जनाको पीसीआर परीक्षण गरेको बताउँदै चापागाईंले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्रयाक ट्रेसिङसमेत भइरहेको जानकारी दिए।

नगरपालिकाले संक्रमितहरुको उपचारको लागि स्वास्थ्य शाखाको संयोजनमा सुस्मा कोइराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पतालसँग सहकार्य गर्दै आइरहेको छ। नगरपालिकासँगको सहकार्यमा स्वास्थ्यकर्मीहरु नियमित उपचारमा खटिरहेका प्रमुख चापागाईंले बताए। संक्रमितको संख्या बढेसँगै नगरपालिकाले सेमि­लकडाउनको घोषणा गर्दै सवारीसाधन आवतजावत र अनावश्यक हिडँडुल गर्न कडाइ गर्दै आएको छ।

प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, भदौ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्