कोरोनाबाट मृत्यु भएका वृद्धको परिवारका सात जनामा संक्रमण पुष्टि
काठमाडौं, भदौ २ : सोमबार कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएका वृद्धको परिवारका ७ जनामा संक्रमण पुष्टि भएको छ।
मृतकको स....

काठमाडौं, भदौ २ : सोमबार कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएका वृद्धको परिवारका ७ जनामा संक्रमण पुष्टि भएको छ।
मृतकको सम्पर्कमा रहेका मानिसहरुको स्वाब परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण हुनेहरुमा दुई छोरा, २ छोरी, एक बुहारी, एक नातिनी र एक जना आफन्त रहेका छन्।
यसअघि मृतकका अर्का एक छोरा र बुहारीमा संक्रमण पुष्टि भइसकेको थियो। धुलिखेल नगरपालिका ७ का ९८ वर्षीय वृद्धको उपचारको क्रममा गएराति १२ बजे मृत्यु भएको थियो।
संक्रमित बढेसँगै धुलिखेल नगरपालिकाले बजार क्षेत्र सिल गरेको छ। त्यस्तै, जिल्ला कमाण्ड पोस्टले सेवाग्राहीको भीड बढी भएको भन्दै मालपोत, नापी र आन्तरिक राजस्व कार्यालय सेवा अर्को सूचना जारी नहुन्जेलका लागि बन्द गरेको छ।
काभ्रेमा हालसम्म ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भइसकेको छ।











