Kathmandu Press

चितवनमा निजी खर्चमा पीसीआर परीक्षण सुरु

चितवन, भदौ २ : सरकारी प्रयोगशालामा मात्र पीसीआर परीक्षण हुँदै आएकामा आजदेखि निजी खर्चमा चितवनवासीले कोरोना भाइरसको परीक्षण गर्न पाउने भएका छन्। चितवन ....

चितवनमा निजी खर्चमा पीसीआर परीक्षण सुरु

चितवन, भदौ २ : सरकारी प्रयोगशालामा मात्र पीसीआर परीक्षण हुँदै आएकामा आजदेखि निजी खर्चमा चितवनवासीले कोरोना भाइरसको परीक्षण गर्न पाउने भएका छन्। चितवन मेडिकल कलेजले परीक्षणको अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको पीसीआर परीक्षणसुरु भएको हो।

कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार पहिलो दिन आज अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको नमूना जाँच सुरु गरिएको छ भने अन्य सर्वसाधारणको पनि आजदेखि नै परीक्षण गर्न सुरु गरिने छ। यहाँ गरिएको पहिलो परीक्षणको नतिजा पुनः परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा पठाइने उनले जानकारी दिए।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको पाँच हजार ५०० रुपैयाँमा १० प्रतिशत थप गरी शुल्क लिइनेछ। नमूना परीक्षणका लागि छ हजार ५० लिइने उनल् जानकारी दिए।

कलेजले भित्र्याएको पीसीआर मेसिनबाट ६ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ। कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो। 

प्रकाशित मिति: १२:४५ बजे, मंगलबार, भदौ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्