Kathmandu Press

गृहमन्त्रीकाे अगुवा गाडीकाे ठक्करबाट गभर्वती महिला घाइते

काठमाडाैं, भदाै २ : गृहमन्त्री रामबहादुर थापालाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले एक स्कुटलाई ठक्कर दिएको छ। ठक्करबाट स्कुटरको पछाडि बसेकी गर्भवती ....

गृहमन्त्रीकाे अगुवा गाडीकाे ठक्करबाट गभर्वती महिला घाइते

काठमाडाैं, भदाै २ : गृहमन्त्री रामबहादुर थापालाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले एक स्कुटलाई ठक्कर दिएको छ। ठक्करबाट स्कुटरको पछाडि बसेकी गर्भवती महिला घाइते भएकी छिन्।

सिंहदरबारको पश्चिम गेटनजिक गृहमन्त्रीलाई स्कर्टिङमा लिन हिँडेको प्रहरीको बा१झ ५५९४ जीपले बा९४प १०२५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। ठक्करबाट स्कुटरमा सवार रहेका नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा घाइते भएका हुन्।

दु्र्घटनापछि उनीहरूलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकाे छ। ट्रमा सेन्टरका अनुुसार स्कुटरको पछाडि बसेकी सुजा ३५ हप्ताकाे गर्भवती हुन्।

मंगलबार बिहान साढे ९ बजे गृहमन्त्रीलाई लिन हिडेकाे गाडिले सिंहदरवारकाे पश्चिम गेटनजिक एक स्कुटरलाई ठक्कर दिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १२:२३ बजे, मंगलबार, भदौ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्