पोखरामा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि
कास्की, भदौ २ : पोखरामा उपचारका क्रममा गएराति मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
तनहुँको व्यास नगरपालिका–१ की ५....

कास्की, भदौ २ : पोखरामा उपचारका क्रममा गएराति मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको गएराति ११ः३६ बजे पोखरास्थित कास्की सेवा अस्पतालमा मृत्यु भएको थियो। आज बिहान आएको कोरोना रिपोर्टमा पोजिटिभ देखिएको अस्पतालका निर्देशक डा.पदम खड्काले बताए।
उनी साउन ३२ गते अस्पताल भर्ना भएकी थिइन्। निमोनिया भएपछि अस्पताल भर्ना गरिएको परिवारजनले जनाएका छन्।
उनलाई मुटुरोग र मधुमेह पनि रहेको अस्पतालका निर्देशक डा.खड्काले बताए। उपचारका क्रममै सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।
मृतक महिलामा कोरोना संक्रमण देखिएपछि आज बिहानैदेखि अस्पतालको सेवा बन्द गरिएको छ। अस्पतालाई स्यानिटाइज गरेपछि मात्रै सञ्चालन गरिने जनाएको छ।











