Kathmandu Press

विषालु च्याउ खादा दाजुभाइको मृत्यु, आमाबुवा बिरामी

प्युठान, भदौ २ : विषालु च्याउ खाँदा प्युठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने तीन जना बिरामी परेका छन्।

विषालु च्याउ खादा प्युठानको....

विषालु च्याउ खादा दाजुभाइको मृत्यु, आमाबुवा बिरामी

प्युठान, भदौ २ : विषालु च्याउ खाँदा प्युठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने तीन जना बिरामी परेका छन्।

विषालु च्याउ खादा प्युठानको नौवहिनी गाउँपालिका ६ ढाखोलाका १५ वर्षीय सुरेश घर्ती र उनका भाइ १३ वर्षीय सुगम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानले जनाएको छ ।

ढाखाोलाका ३५ वर्षीय बिष्णु घर्तीले जंगलबाट च्याउ ल्याएका थिए। तरकारी पकाएर खाएपछि उनको परिावरका पाँच जना सिकिस्त भएका थिए। उनीहरुमध्ये सुरेश र सुगमको मृत्यु भएको हो।

बिरामी परेका अन्य तीन जनाको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ। बिरामी पर्नेहरुमा बिष्णुसँगै उनकी पत्नी ३४ वर्षीया लिला घर्ती र छोरा १६ वर्षीय शसि घर्ती रहेका छन्।

प्रकाशित मिति: ११:४७ बजे, मंगलबार, भदौ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्