Kathmandu Press

कोरोनाबाट कांग्रेस नवलपरासीका उपसभापतिको मृत्यु

काठमाडौं, भदौ २ : कोरोना भाइरसको संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ।

नवलपरासी स....

कोरोनाबाट कांग्रेस नवलपरासीका उपसभापतिको मृत्यु

काठमाडौं, भदौ २ : कोरोना भाइरसको संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ।

नवलपरासी सुस्ता पश्चिमका ३८ वर्षीय गिरीको पाटन अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो। उनकाे बिहान ६ बजे मृत्यु भएकाे कांग्रेस सांसद देवेन्द्रराज कँडेलले बताए।

उनलाई कोरोना भाइरसकाे संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पताल ल्याइएको थियो। उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।

गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज, भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो। त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएको थियो।

त्यसपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हाे।

प्रकाशित मिति: १०:१९ बजे, मंगलबार, भदौ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्